
उदयपुर । उदयपुरमा १४ वर्षीया बालिकालाई चार जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । कटारी नगरपालिका वडा नं.४ की बालिका बलात्कृत भएकी हुन् ।
बलात्कारमा संलग्न भएको आरोपमा कटारी-४ गबुवाका २५ वर्षीय राजकुमार तामाङ, २० वर्षीय नवीन श्रेष्ठ, २० वर्षीय जीवन तामाङ र १९ वर्षीय पुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको छ ।

संगालोखबर 













