सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहत रहेका तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतहरूमा ६२.९९ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।

शुक्रबार धनकुटा इजलासले पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा चालु आर्थिक वर्षको बैशाखसम्म उक्त मुद्दा फर्छ्यौट भएको जनाएको हो । ३७.१ प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।

Advertisement

दर्ता भएका दुई हजार तीन सय ७० मुद्दामध्ये एक हजार चार सय ९१ फर्छ्यौट भएका र  एक हजार चार सय ९१ फर्छ्यौट हुन बाँकी रहेका उच्च अदालत धनकुटा इजलासका रजिस्ट्रार राजकुमार दाहालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी उच्च अदालत विराटनगर धनकुटा इजलासबाट मुद्दा फर्छ्यौट भएका छन् ।

धनकुटा इजलासमा दर्ता भएका तीन सय ६६ मुद्दामध्ये तीन सय १६ फर्छ्यौट भएका छन् । यस्तै धनकुटा जिल्ला अदालतमा दर्ता भएका तीन सय ३५ मुद्दामध्ये तीन सय ४४ फर्छ्यौट भएका छन् ।

तेह्रथुम जिल्ला अदालतमा दर्ता भएका तीन सय ५५ मुद्दामध्ये दुई सय १३ फर्छ्यौट भएका  छन् । भोजपुर अदालतमा दर्ता भएका चार सय १४ मुद्दामध्ये दुई सय २५ र संखुवासभा अदालतमा दर्ता भएका पाँच सय ९८ मुद्दामध्ये दुई सय ९३ फर्छ्यौट भएका छन् ।

यस्तै उच्च अदालत विराटनगर धनकुटा इजलासमा जेठ २ गतेबाट ई-बुलेटीन तथा अदालतबाट सम्पादन हुने न्यायिक कामकारवाही डिजिटल माध्यमबाट सुरु भएको न्यायाधीश शेरबहादुर सार्कीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!