
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले खोटाङ जिल्लाको खेलकुद संरचनाहरूको अनुगमन गरेका छन् । जिल्लामा उपलब्ध खेलक्षेत्र र निजी क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै उनले खेलकुद संरचनाहरूको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथमिकतामा राख्न बोर्डसँग आग्रह गरे ।
सदस्य सचिव बस्नेतले प्रदेशभरबाटै खेलकुद संरचनाको निर्माण र सुधारका लागि बजेटको माग आएको बताए । हालको सीमित बजेट भन्दा थप बजेट मागको लागि मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीसँग पहल भइरहेको उनले उल्लेख गरे ।
राज्यको लगानीले मात्रै खेलकुद क्षेत्रको विकास पर्याप्त नहुने बताउँदै निजी क्षेत्रको समेत साथ-सहयोगको अपेक्षा गरिएको उनको भनाइ थियो ।

संगालोखबर 













