
विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय संक्रान्तिका अनुसार ४५ वर्षीय सागर थिङ्लाबुको मृत्यु भएको हो । सोमबार दिउँसो साढे ३ बजेतिर परेको चट्याङले उनलाई लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले सोमबार नै उनको शव परिवारको जिम्मा लगाएको छ ।

संगालोखबर 













