संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । संखुवासभामा चट्याङ लागेर भैँसी मरेका छन् । मकालु गाउँपालिका-३ कालोपातालमा हावाहुरीसँगै परेको चट्याङले १७ वटा भैँसी मरेका हुन् ।

प्रहरीका अनुसार स्थानीय पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीले पालेका भैँसी आइतबार परेको चट्याङ लागेर मरेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा पर्छ । प्रहरी टोली घटनास्थलतर्फ आज बिहान प्रस्थान गरेको छ । घटनास्थलमा पुगेपछि प्रहरीले क्षतिको विवरण सङ्कलन गर्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!