
विराटनगर । संखुवासभामा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । चैनपुर-९ त्रिशुलेस्थित सिंह देवीथान जंगलमा बाख्रा चराउन गएका ८ वर्षीय दिलीप भण्डारीको बिहीबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी त्रिशुले भीरबाट करिब १५ मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
शव पोस्टमार्टमका लागि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













