संगालोखबर


विराटनगर । सोलुखुम्बुमा बालिका छोरीलाई खुकुरी हानेर बाबु फरार भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका-९ गोपेका ३२ वर्षीय चामकुमार तामाङले आफ्नै ५ वर्षीया छोरी पवित्रालाई आज बिहान खुकुरी हानेका हुन् ।

खुकुरी प्रहारबाट बालिका गम्भीर घाइते भएकी छन् । सोलुखुम्बुमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

Advertisement

उनको कान, निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

‘पालिकाले उद्धार गरेर बालिकालाई थप उपचारका लागि काठमाडौं पठाएको छ’, सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले संगालोखबरसँग भने, ‘बालिकाको बुबालाई खोजी गरिरहेका छौँ । बाँकी कुरा खुल्न बाँकी छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!