विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज छ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार प्रतितोला १५ रुपैयाँले घटेको चाँदी आज ३० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।