संगालोखबर


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ हात्तीसारमा पिकअपले ठक्कर दिँदा दिदीबहिनीको मृत्यु भएको छ । डिमगेटबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्र १-०५००१ च ००९२ नम्बरको पिकअपले बिहीबार साँझ ७ः३० बजेतिर ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दिदीबहिनी सडक पेटीमा बसेर चटपटे खाइरहेका थिए । दुर्घटनामा सप्तरी घर भइ त्रियुगा-१२ दुर्गा टोलमा डेरा गरी बस्ने १२ वर्षीया देवीकुमारी दास र उनकी १४ वर्षीया दिदी अनुकुमारीको मृत्यु भएको हो ।

Advertisement

पिकअपको ठक्करबाट बहिनीको घटनास्थलमै र दिदीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक उदयपुरको त्रियुगा नगरपालिका-९ का १८ वर्षीय निरजल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा रहेको पिकअपका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!