मोहन ढकाल/संगालोखबर


विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ५० प्रतिशत मत खसेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रियामा यो समाचार तयार पार्दासम्म ५० प्रतिशत मत खसेको हो । अध्यक्षमा राजकुमार ओझा र अजम्बर राई, उपाध्यक्षमा शान्ति लिम्बू र सागर थापा, सचिवमा रविन थापा र सोमराज थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी तथा उषा झा र सन्तोष बान्तवा चुनावी मैदानमा छन् । 

Advertisement

निर्वाचनबाट एक सय ६५ जना निर्वाचित हुने छन् । जिल्ला अधिवेशनबाट ७१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन समितिका अनुसार अधिवेशनमा तीन सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिए । पाँच पदाधिकारीसहित ९४ पदका लागि एक सय ९१ जना चुनावी मैदानमा छन् । अधिवेशनमा नौ सय ११ प्रतिनिधि छन् ।

तस्बिर : मोहन ढकाल/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!