संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कमदी घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपति खत्री पक्राउ परेका हुन् ।

भूमिकाले पोल्यान्ड पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले एक जना पीडितबाट दुई लाख २३ हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ ।

Advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतिलाई काठमाडौं सतुंगलबाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!