
विराटनगर । आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारदेखि नै यही मूल्यमा सुन कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार चाँदी पनि शुक्रबारदेखि प्रतितोला एक हजार नौ १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संगालोखबर 













