
विराटनगर । इलामको माई नगरपालिका–१ मा पिकअप दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । बिहीबार दिउँसो महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नम्बरको पिकअप दुर्घटनामा परेको हो ।
‘ब्रेक फेल’ भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइतेहररूको इलाम अस्पताल र झापाको बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा पिकअप चालक इलामको माइ नगरपालिका–४ का अन्दाजी २७ वर्षीय लेखनाथ सेन्चुरी, माइ–७ का ३० वर्षीय खगेन्द्र मगर, १४ वर्षीया मेनुका मगर, १६ वर्षीया कञ्चन मगर, १४ वर्षीया लीला थापा, ८ वर्षीया रवि मगर, १५ वर्षीय फुर्तीमान मगर, ५२ वर्षीय तोपबहादुर मगर, ३६ वर्षीया पवित्रा मगर, ६० वर्षीया चाँदनी मगर, २५ वर्षीया गीता मगर, १० वर्षीया काजल तामाङ र १२ वर्षीय मन्दीप मगर घाइते भएका छन् ।
त्यस्तै १५ वर्षीय बलबहादुर मगर, ११ वर्षीया सिम्रन गिरी, ३७ वर्षीय चन्द्रबहादुर थापामगर, ८ वर्षीय दिवश मगर, १० वर्षीया लक्ष्मी परियार, १४ वर्षीया सभेक्षा मगर, १५ वर्षीया नवीना कुमाल, १६ वर्षीया समीक्षा मगर, १६ वर्षीय दिलिप मगर, ८ वर्षीया काव्या तामाङ, ३७ वर्षीय धनबहादुर तामाङ, ११ वर्षीया रजिना परियार, १४ वर्षीय राजिव परियार, १३ वर्षीय सनम राई, १४ वर्षीया आयुषा मगर र सन्तोष राई घाइते भएका प्रहरीले जनाएकाे छ ।

संगालोखबर 













