संगालोखबर


विराटनगर । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा पहिलो पटक मकालु प्लाटिनम जुबिली तथा दक्षिण एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुने भएको छ ।

सङ्खुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ ।

Advertisement

फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुम बजारमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मकालु साहित्यिक समाजका अध्यक्ष अग्रज साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए ।

कार्यक्रमले मकालु गाउँपालिकालाई मात्रै नभएर सिङ्गो संविधानसभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बुढाथोकीले बताए । उनले दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सवले मकालु, जीवधारण र वणुगोत्री त्रिआयामिक धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

स्थानीय संस्कृति र दक्षिण एसियाली संस्कृति सम्मिलन भई साहित्यिक र सांस्कृतिक विचार आदान-प्रदानले सम्बन्धसमेत सुमधुर हुने उनको भनाइ छ । गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समिति बनाइएको छ ।

महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक-सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका  कार्यक्रम हुने संयोजक राईले जानकारी दिइन् ।

सोही कार्यक्रममा साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित साहित्य, कला, संस्कृति, पर्यटन, गीत संगीतलगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!