
विराटनगर । आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













