संगालोखबर
शनिवार साँझ ताप्लेजुङमा निकालिएको राँके जुलुस

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा पुनः आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म लागू हुनेछ । बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुल्दङ्गा, झडपले प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पनि रोक लगाएको छ । नो केबलकार समूहले शनिबार साँझ फुङलिङको वीरेन्द्र चोकमा मसाल जुलुस निकालेर राँको फ्याँक्न थालेपछी प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।

प्रशासनले फुङलिङ नगरपालि-७ को सल्लेरी, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म), फुङलिङ-४ को उकालीपानी र फुङलिङ-६ शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) मा निषेधाज्ञा जारी गरेको छ ।

यस्तै काफ्लेपाटी-बल्लुडाँडा क्षेत्र अन्तरगत पर्यटक प्रहरी भवनको एक सय मिटर इलाका, बल्लुडाँडा र डडेले इलाका, केबलकार बेस स्टेसन र नयाँ बसपार्क इलाका निषेधाज्ञा जारी गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!