
संखुवासभा । संखुवासभाको तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान भएको छ । मौसममा सुधार आएपछि आज बुद्ध एयरको ७२ सिटे जहाजले उडान भरेको हो ।
विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ पछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं-तुम्लिङटार उडान भएको हो ।
विमानस्थल वरिपरि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको जनाइएको छ ।

संगालोखबर 













