
विराटनगर । धनुषाको जनकनन्दनी गाउँपालिका-५ मा सासूको हत्या आरोपमा बुहारी पक्राउ परेकी छन् । ६५ वर्षीया सासू समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया बुहारी रक्षाकुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीलाई जानकारी आएको थियो । जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई गएराति पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

संगालोखबर 













