संगालोखबर
फाइल तस्बिर

विराटनगर । पाँचथरमा अटो दुर्घटना भएको छ । फिदिम नगरपालिका-४ रातोमाटे डाँडाबाट माझीटार तर्फ जाँदै गरेको अटो दुर्घटना भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् । २६ वर्षीय किसन लावतीले चलाएको को २ ह ३१५५ न को अटो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा फिदिम-४ गढी की ५१ वर्षीय सोम माया लावती, चालक किशन र फिदिम-१ बरडाँडा बस्ने ज्योति मगर की १६ महिनाकी छोरी जोत्सना तामाङ घाइते भएका हुन् । जसमध्ये माया र जोत्सनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!