सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । एक आपसमा जोडेर बनाएका घर । हेर्दा आकर्षक, अनि आत्मियता झल्काउँछन् । यी घरले यहाँका मानिसको एकता समेत दर्साउँछ । धनकुटाको चौबिसे गाउँपालिका-२ मुडेबासमा यस्तै घर छन् ।

Advertisement

जो एक आपसमा जोडेर बनाइएका छन् । यहाँ करिब ९५ घरपरिवार मगर समुदायको बसोबास छ । जहाँ पुराना र कलात्मक घरहरू छन् । यी घरहरू पुर्खाले परापूर्वकालमा निर्माण गरेको स्थानीय बताउँछन् ।

यस ठाउँका मानिसको मुख्य पेशा कृषि हो । वार्षिक प्रत्येक घरले कृषि पेशाबाट पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । स्थानीय अमृतदेव थापा मगरका अनुसार यहाँका करिब ७ जना मानिस मात्रै वैदेशिक रोजगारीमा गएका छन् ।

बाँकी सबै कृषि कर्ममा नै रमाइरहेको मगरले बताए । कृषि जन्य उत्पादनमा पनि विषादी लगायतको प्रयोग नहुने गरेको उनको भनाइ छ । यहाँ अर्गानिक कृषिजन्य उत्पादन हुने गरेको उनले जानकारी दिए ।

विषेश गरेर यस ठाउँमा आलु, बन्दा, काउली र रायोको साग उत्पादन हुन्छ । यहाँ उत्पादन हुने तरकारी तराइका बजारमा खपत हुने गरेको छ । व्यापारीहरूले घरघरमै आएर उत्पादित तरकारी लग्ने गरेको मगरले बताए ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!