विराटनगर । आज सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला आठ सय रुपैयाँले घटेको सुन आज चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मङ्गलबार सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएका थियो । आइतबार एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार चाँदी प्रतितोला एक हजार आठ २० रुपैयाँमा कारोबार भएको थियो ।