पाँचथर । पाँचथर कोशी प्रदेशको पहाडी जिल्ला हो । एक हजार दुई सय ४१ वर्ग किलोमिटरमा फैलिएको यस जिल्लाको सदरमुकाम फिदिम हो । पाँचथरमा बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतोलगायतका वनस्पतीहरू पाइन्छन् ।
पाँचथरको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट आधार पाइँदैन । तथापी सोधकर्ताहरूका अनुसार ‘पान्थरथुम’ शब्दबाट पाँचथर नामाकरण भएको हो । ‘पान्थरु’को अर्थ कुरामा सहमति मिलेको र ‘थुम’को अर्थ ईलाका वा किल्ला भन्ने हुन्छ ।
पाँचथर विभिन्न धर्म र संस्कृति मान्ने जातजाती र भाषाभाषीको संगम स्थल पनि हो । यहाँ विभिन्न पर्यटकीय गन्तव्यहरू पनि छन् । हेर्नुहोस् पाँचथर सदरमुकाम फिदिमबाट आज बिहान खिचिएका केही तस्बिरहरू :
तस्बिर : सन्तोष सुवेदी/संगालोखबर