संगालोखबर


विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको रेवन्त-रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटमा ‘विजय सुचक घण्टी’ को उद्‌घाटन गरिएको छ । आज विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा एक कार्यक्रमका बीच ‘विजय सूचक घण्टी’ को उद्घाटन गरिएको हो।

विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष इलिना कार्कीले उक्त घण्टीको उद्‌घाटन गरेका थिए । इस्टर्न क्यान्सर सर्भाइबर सपोर्ट ग्रुपका सहजकर्ता कमल पौडेलले क्यान्सरको उपचार थाल्दा र क्यान्सरबाट विजयी प्राप्त हुँदा सर्भाइबरहरूका लागि घण्टी बजाइने बताए ।

Advertisement

हौसला प्रदान गरेमा क्यान्सर रोगलाई जित्न सहज हुने उल्लेख गर्दै पौडेलले त्यसकै लागि घण्टी राखिएको जनाए । उनले क्यान्सर रोगसँग लडिरहेकालाई उत्प्रेरण प्रदान गर्ने गरिएको बताए ।

‘मनोबल उच्च बनाउन आवश्यक छ’, पौडेलले भने, ‘समाज पनि यस विषयमा सचेत हुन आवश्यक छ । हौसला प्रदान गरेमा क्यान्सर रोगीको मनोबल उच्च हुन्छ र उसले पनि सामना गर्नसक्नु भन्ने आत्मविश्वास लिन्छ ।’

सर रोगसँग लडिरहेका बिरामीलाई आफन्तको हेरचाह र चिकित्सकको बोलीले पनि धेरै फरक पार्ने विराट क्यान्सर इन्स्टिच्युटकी अन्कोलोजी नर्स रोजिना तिमल्सिनाले बताइन् ।

विराट कलेजका अध्यक्ष डा. कार्कीले क्यान्सरका बिरामीलाई हौसला प्रदान गर्दै मनोबल बढाउन विजय सूचक घण्टी राखिएको बताए । उनले राज्य संवेदनशील नहुँदा आफूहरूलाई समस्या हुनेगरेको बताए । क्यान्सरका बिरामीलाई कोशी प्रदेश सरकारले दिएको एक लाख रुपैयाँ पर्याप्त नभएको बताउँदै उनले यस विषयमा ध्यान दिन आवश्यक रहेको औंल्याए ।

‘नीजिलाई राज्यले हेर्दैन’, उनले भने, ‘क्यान्सर रोगीको उपचार पूर्ण निःशुल्क हुनुपर्छ भन्ने हाम्रो चाहना हो । तर राज्यले नदेखेपछि हामीले मात्र केही गर्न सक्ने अवस्था छैन ।’  राज्यले निजी र सरकारी अस्पताल भनेर भेदभाव गर्न छाड्नुपर्ने उनले उल्लेख गरे ।

यस्तै उनले देशभरका चिकित्सकको आर्थिक अभावले उपचारमा कठिनाइ भएमा विराटमा निःशुल्क उपचार गरिदिने घोषणा समेत गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!