नम्रता न्यौपाने/संगालोखबर

विराटनगर । विराटनगर फुटसल लिगमा सानदार जित निकाल्दै एबी ५ एफसी फाइनल प्रवेश गरेको छ । जेएनएल फुटसलमा जारी लिगका खेलहरूमा उत्कृष्ट प्रर्दशन गर्दै एबी ५ एफसी उपाधि नजिक पुगेको हो । उसले अपटाउन एफसीलाई ४-१ ले पराजित गरेको छ ।

Advertisement

लिगको दशौं तथा अन्तिम चरणका रोमाञ्चक खेलहरूमा एबी ५ एफसीले आफ्नो सानदार प्रदर्शनलाई कायमै राखेको छ । लिगमा विराटनगर स्पोर्ट्स एकेडेमीले स्टार ब्वाइज एफसीलाई ३-२ को फराकिलो अन्तरले पराजित गरेको छ भने रियुनाइटेड एफसीले क्लासिको एफसीलाई ३-२ अन्तरले हराएको छ ।

दशौं चरणको खेलपछि अङ्क तालिकामा केही परिवर्तन भएको छ । एबी ५ एफसी ३० अङ्कका साथ शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ । अपटाउन एफसी १६ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको छ । स्टार ब्वाइज एफसी १६ अङ्कका साथ तेस्रो स्थानमा छ भने गोल अन्तरको आधारमा अपटाउन एफसी भन्दा पछि रहेको छ र क्वालिफयारमा प्रवेश गरेको छ ।

त्यस्तै रियुनाइटेड एफसी ९ अङ्कका साथ चौथो स्थानमा छ । विराटनगर स्पोर्ट्स एकेडेमी ९ अङ्कका साथ पाँचौँ स्थानमा छ । तर, गोल अन्तरका आधारमा रियुनाइटेड भन्दा पछि छ । क्लासिको एफसी ७ अङ्कका साथ छैठौं स्थानमा छ ।

एबी ५ एफसीले फाइनलमा स्थान बनाएको छ भने अपटाउन एफसी र स्टार बोइज एफसीले क्वालिफायरमा स्थान बनाएका छन् ।

क्वालिफायर खेलहरूबाट फाइनलमा पुग्ने अर्को टिमको छनोट हुनेछ । फाइनल खेल आगामी मङ्गलबार ६ बजेदेखि हुनेछ ।

विराटनगर फुटसल लिगले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको दावी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!