नम्रता न्यौपाने

विराटनगर । नेपाल-भारत होमियोपैथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन शनिबारदेखि विराटनगरमा सुरु भएको छ । नेपाल होमियोपैथिक चिकित्सक सङ्घको केन्द्रीय कार्यालय विराटनगरले दुई दिने सम्मेलन आयोजना गरेको हो ।

Advertisement

सम्मेलनमा वरिष्ठ होमियोपैथिक चिकित्सक डा.जीवन प्रकाश रायलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र होमियोपैथिक चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा.रविन्द्र रायले अवार्ड प्रदान गरेका छन् ।

डा.मो.सबिर खाँ र डा.प्रेमनारायण श्रीवास्तवलाई ‘गोल्डेन सर्भिस अवार्ड’, डा.निवाज अहमदलाई ‘लेगेसी अफ एफसिलेन्स अवार्ड’ प्रदान गरियो । गोपाल गुप्ता, सकलदेव मण्डल र लेखनाथ भट्टलाई ‘अनर अफ डेडिकेसन अवार्ड’ प्रदान गरिएको छ ।

आइतबारसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका तीन सय भन्दा बढी होमियोपैथिक चिकित्सकहरू सहभागि छन् ।

सम्मेलनमा भारतको मुम्बईबाट आएका होमियोपैथिकका क्यान्सर रोग विशेषज्ञ डा.फारुक जी मास्टरले क्यान्सर रोग र यसको उपचार पद्धतिबारे धारणा राख्ने कार्यक्रम छ ।

सङ्घका सचिव डा.चन्द्र शर्मा दुलालले सञ्चालन गरेको कार्यक्रममा महासचिव डा.रवि रायले प्रदेश सरकारसमक्ष होमियोपैथिक सम्बन्धी विभिन्न माग राखेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!