धनकुटा । धनकुटा नगरपालिका-१ निगालेमा रहेको संसारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिएर दुई पक्षले दश वर्षे सम्झौता गरेका हुन् । एक कार्यक्रमकाबीच वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम मल्ल ठकुरी र कम्पनीका कोशी प्रदेश प्रमुख सन्तोष अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले स्थानीयलाई कृषि प्रविधि बेचबिखन तथा कृषि जन्य बस्तु उत्पादमा र अनुसन्धानमा सघाउ पुर्याउने बताइएको छ । धनकुटामा उत्पाद हुने सुन्तला जात, एभोकाडो र कागती लगायतका कृषिजन्य वस्तुको नर्सरी निर्माण, बाली अनुसन्धान, थोपा सिँचाइ निर्माण र बीउ प्रशोधन केन्द्र रहने छ ।
त्यस्तै कृषिजन्य उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने र धनकुटाका स्थानीयलाई यो कार्यक्रमले राहत पुर्याउने वन उपभोक्ता समूहका अध्यक्ष ठकुरीले बताए ।
यस कम्पनीले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर लगायतका जिल्लामा माटो सुहाउँदो प्रविधिको विकास र अनुसन्धान गर्ने जनाइएको छ । वन उपभोक्ता समूहलाई उक्त कम्पनीले मासिक ३५ हजार रुपैयाँ बुझाउने छ ।
१८ मंसिर २०८१ म सम्झौता भएको कार्यक्रम १७ मंसिर २०९१ मा समाप्त हुनेछ ।