सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा बजार अनुगमन गरिएको छ । आज बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले अनुगमनका क्रममा विभिन्न कैफियत भेटाएको छ ।

Advertisement

किराना तथा खुद्रा पसलबाट म्याद गुज्रेका अखाद्य बस्तु जफत गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले बताए । कोक, फेन्टा, डीउ, मिरिन्डा, स्प्राईट लगायतका पेय पदार्थ म्याद गुज्रिएको भेटिएका थिए ।

त्यस्तै बेकरी जन्य बस्तु र सस पनि म्याद गुज्रिएको भेटिएका थिए । जफत गरिएको अखाद्य  सामाग्री जितपुर स्थित प्रहरी चौकीमा नष्ट गरिएको छ । मूल्यसूची नराखेका पसलहरूलाई मूल्यसूची राख्न र दर्ता गरेर मात्रै पसल सञ्चालन गर्न निर्देशन दिएको रायमाझीले जानकारी दिए ।

उनले अखाद्य बस्तु जफत गरिएका पसललाई आगामी दिनमा यस्तो कार्य नगर्न आग्रह गरे । जिल्लाका सबै स्थानका बजार तथा पसल अनुगमनलाई तीब्र पारिने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!