सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा बसोबास गर्ने राई जातीको पापानी चाड सुरु भएको छ । स्थानीय राई जातीहरूले नयाँ बाली भित्र्याउने खुसियालीमा पापानी चाड मनाउने गर्दछन् ।

खासगरी सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरू यो पर्व मनाउने गर्दछन् । उनीहरूले स्थानीय बाजागाजासहित नाचगान तथा इष्ट देवताको पूजाआराधना गरी यो पर्व मनाउँछन् ।

Advertisement

कात्तिक शुक्ल पूर्णिमा पछिको आउने मंगलबार देखी सहिदभूमि-३ स्थित साकेन्वा थानमा जम्मा भएर पुजा गरी यो पर्व सुरु गरिन्छ । नयाँ बाली भित्रिएको खुसियालीमा ६ दिन ६ रातसम्म नाचगान गरी एकआपसमा खुसियालीका साथ यो पर्व मनाउने गरिएको सहिदभूमिका नरेन्द्र कश्चितले बताए ।

यो पर्वमा किरात राईहरूले कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउदै लहरै कुम जोडेर नाचगान गर्ने चलन छ । पापानी नाच नाच्दा सबै जना एकापसमा गोलो घेरा लागेर खुट्टा तीन कदम अगाडि र पछाडि सारेर नाच्ने गरिन्छ ।

पछिल्लो समय यो पापानी नाच लोप हुने क्रममा रहेको स्थानीयहरू बताउँछन् । छिन्ताङ, आँखिसल्ला र खोकुका राई जातिहरूको सांस्कृतिक धरोहरको रूपमा रहेको पापानी नाच लोप हुने क्रममा पुगेको स्थानीय बताउँछन् ।

यसको संरक्षणमा राज्यले विशेष भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । धनकुटा नगरपालिकाले भने यो जातिको उत्थानका लागि विभिन्न काम गरिरहेको नगरपालिकाका प्रवक्ता जमसेर आठपहरियाले बताए ।

धनकुटा नगरपालिकामा मात्र बसोबास रहेको यो जातिको जनसङ्ख्या करिब २ हजारको हाराहारीमा रहेको छ । आफूहरूलाई आदीवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै आएपनि सुनवाई नभएको उनीहरूको गुनासो छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!