संगालोखबर


सुनसरी । सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्षको उम्मेदवारी दिएका डमी उराँव उम्मेदवारी फिर्ता लिँदै एमालेमा प्रवेश गरेका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा एकीकृत समाजवादी पार्टीबाट वडाध्यक्षको उम्मेदवार बनेका उनी उम्मेदवारी फिर्ता लिँदै आज एमाले प्रवेश गरेका हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार सन्तु उराँवलाई सहयोग गर्न आग्रह गर्दै पुरानै घरमा फर्किएको बताएका छन् ।

उनले भनेका छन्, ‘आफ्नो उम्मेदवारीका कारण कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा स्थापित नेकपा एमालेलाई क्षति पुग्ने महसुस गर्दै आजका मितिबाट पुरानो घर एमालेमा समाहित हुँदै उम्मेदवारी फिर्ता लिएको छु ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!