संगालोखबर


झापा । झापामा रड प्रहार गरेर एक जनाको हत्या भएको छ । बाह्रदशी गाउँपालिका-५ का ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट हत्या भएको हो ।

हिजो राति सोही स्थानका २६ वर्षीय मानकुमार राजवंशीले माझीलाई रड प्रहार गरेको झापा प्रहरीले जनाएको छ । रड प्रहारबाट गम्भीर घाइते भएका माझीलाई उपचारका लागि बी एण्ड सी अस्पताल लगिएको थियो ।

Advertisement

अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । हत्या आरोपमा राजवंशीलाई नियन्त्रणमा लिइएको उनले बताए ।

पुरानो रिसिइबीका कारण विवाद उत्पन्न हुँदा रड प्रहार गरेको खुलेको उनको भनाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!