संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा टिपर चालक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो ।
हिजो साँझ अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइटमा काम सकेर फर्किने क्रममा एचपी ११-४९३३ नम्बरको भल्भो टिपर दुर्घटना भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएका हुन् ।
घाइते मध्ये पासवानको अवस्था गम्भीर रहेको सङ्खुवासभा प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पठाइएको प्रहरीले जनाएको छ ।
टिपर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । उनीहरू अरुण तेस्रोका मजदुर हुन् । मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् । यस्तै घाइते हुने पनि भारतीय नागरिक हुन् ।