संगालोखबर


विराटनगर । सङ्खुवासभामा काँक्रो टिपेको निहुँमा एक पुरुषको हत्या भएको छ । चिचिला गाउँपालिका-४ मत्स्यपोखरीकी ४२ वर्षीया दुर्गामाया गुरुङले चिचिला-४ ध्वजेका ४५ वर्षीया भिमबहादुर गुरुङको हत्या गरेकी हुन् ।

सङ्खुवासभा प्रहरीका अनुसार काँक्रो टिपेको विषयलाई लिएर दुई जनाबीच विवाद भएको थियो । आज दिउँसो दुर्गामायाले विवादका क्रममा भीमबहादुरलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेकी थिइन् ।

Advertisement

खुकुरी प्रहारबाट भीमबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न महिलालाई खुकुरीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको सङ्खुवासभा प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!