संगालोखबर
साङ्केतिक तस्वीर

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-९ स्थित बोइलर कुखुराको फर्मबाट नौ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्रियुगा-९ का ३७ वर्षीय राजु कार्की, त्रियुगा-१५ का ३४ वर्षीय विजय राई, त्रियुगा-११ का ५० वर्षीय रबिन्द्र राई र त्रियुगा-१२ का ५३ वर्षीय बसन्त राईलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

यस्तै त्रियुगा-१० का ४५ वर्षीय गेशराज राउत, त्रियुगा-१३ का ६२ वर्षीय पदम राई, रौतामाई-७ का ३४ वर्षीय कमल तामाङ, रौतामाई-७ का ३५ वर्षीय मनोज मगर र रौतामाई-५ का ४१ वर्षीय जय कुमार राई पक्राउ परेका हुन् ।

प्रहरीले जुवाको खालबाट नगद चार लाख १४ हजार पाँच सय ७५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!