संगालोखबर


पाँचथर । पाँचथरमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका-६ का २६ वर्षीय शुभराज तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई बुधबार अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट सिकिस्त बिरामी परेका उनको हिजो मृत्यु भएको हो । स्थानीय क्लिनिकमा उपचार गरेर घरमै राखिएका उनको अवस्था गम्भीर बनेको थियो ।

Advertisement

अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!