संगालोखबर
सांकेतिक तस्बीर

दाङ । दाङको भालुवाङमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दारले नाबालिकाहरूलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्कार आरोपमा राप्ती गाउँपालिका-१, भालुबाङ पुल्चोकस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका छन् ।

दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बलात्कार आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । ‘दुई नाबालिकालाई बलात्कार गरेको आरोपमा हामीले भरत रोकामगर र रेवन पचभैया मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,’ एसपी तिमिल्सिनाले संगालोखबरसँग भने, ‘८ वर्षीया र  १४ वर्षीया बालिका बलात्कृत भएको जाहेरी आएको छ । हामीले थप अनुसन्धान गर्दैछौँ ।’

Advertisement

सशस्त्र प्रहरीले नै उनीहरूलाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाएको बताइएको छ । घटना गत असोज २४ गतेको भएपनि ढाकछोपका कारण ढिलो सार्वजनिक भएको हो । भालुबाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीया र  १४ वर्षीया बालिका सशस्त्र प्रहरी कार्यालय बाहिर दशैंमा पिङ खेल्न गएका बेला बलात्कृत भएका हुन् ।

घटनापछि पीडित पक्षले उजुरी दिएका छन् । उजुरीपछि दुवै सहायक हवल्दारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । जिल्ला अदालत दाङले अनुसन्धानका लागि बिहीबार म्याद थप गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!