संगालोखबर

लुम्बिनी । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली काङ्ग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एक जनालाई मन्त्री बनाएका हुन् ।

Advertisement

बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवाल आन्तरिक मामिला तथा कानुनमन्त्री भएका छन् । तिमिल्सिना र कलवार काङ्ग्रेसका हुन् भने अग्रवाल जसपाका हुन् ।

योसँगै लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको सङ्ख्या ११ पुगेको छ । नेकपा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्री, काँग्रेसले पाँच र जसपाले एक जना मन्त्री पाएको छ । एमालेका आचार्य नेतृत्वको प्रदेश सरकारलाई काँग्रेस र एमालेका ५६ सांसदले समर्थन गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!