संगालोखबर


खोटाङ । खोटाङको साकेला गाउँपालिका-४ का वडाध्यक्ष अमेरिका गएपछि वडाको कामकारबाही प्रभावित भएको छ । वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि नेपाल नफर्किएपछि स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन् ।

पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो ।

Advertisement

तर पनि कटवाल नेपाल फर्किएनन् । उनी नेपाल नफर्किएपछि बाध्य भएर वडा कार्यालयमा ताला लगाइएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस विषयमा जिल्ला निर्वाचन आयोग, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई समेत जानकारी गराइसकिएको उनले बताए । कटवाल नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!