संगालोखबर


विराटनगर । झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा दुर्घटना पछि निम्तिएको अवस्था सामान्य भएको छ । पीडित पक्षसँग चार बुँदे सहमति भएपछि अवस्था सामान्य भएको हो ।

हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्ष, नागरिक समाज, जनप्रतिनिधि र प्रहरी प्रशासनको छलफलबाट चार बुँदे लिखित सहमति भएपछि अवस्था सामान्य भएको हो ।

Advertisement

छलफलबाट पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउन प्रयत्न गर्ने, जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कारबाहीका लागि माग गर्ने, त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्ने र कानुनी प्रक्रिया पुरा गर्नका लागि भइरहेको अवरोध हटाई अगाडि बढ्ने सहमति भएको हो ।

सहमति पश्चात शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४३३१ नम्बरको रात्रि बसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मनोज लिम्बूकी ९ वर्षीया छोरी कृपा र उनका बुवा ६० वर्षीय टेकबहादुरको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित भिडले बसमा तोडफोड गर्नका साथै ट्राफिक बिटमा आगो लगाएको थियो भने राजमार्ग ठप्प भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!