संगालोखबर

झापा । झापाको कमल गाउँपालिका-४ केर्खामा बसको ठक्करबाट हजुरबा र नातिनीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र.१-०१-००१ ख ४३३१ नम्बरको बसले आज साँझ करिब ५ः३० बजे विद्युतीय साइकललाई ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट कमल गाउँपालिका-३ सानो केर्खामा ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ९ वर्षीया नातिनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका छन् । उनीहरूले स्थानीय ट्राफिक प्रहरी बिटमा आगो लगाएका छन् । आसपास क्षेत्रमा तोडफोड पनि गरिएको छ । विरोध प्रदर्शनका कारण राजमार्गमा सवारी आवतजावत ठप्प भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापा र पाडाजुँगीबाट सशस्त्र प्रहरीको टोली घटनास्थल जाँदैछ । घटनापछि बस र चालक झापाको शिवसताक्षी नगरपालिका-१ का ३२ वर्षीय विशाल ठटाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!