संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो बेलुका चेकजाँचको क्रममा ५० कार्टुन सिक्किमे मदिरा बोकेर इलामबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

गाडी र मदिरासहित झापाको बुद्धशान्ती गाउँपालिका-३ का महेन्द्र बर्देवा र चालक सोही स्थानका सनम राईलाई आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!