संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा पतिले पेट्रोल छर्किएर आगो लगाउँदा पत्नीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४८ वर्षीय पति दानबहादुर राईले ४० वर्षीया पत्नी पूर्णकुमारी राईलाई आगो लगाएका थिए ।

शरीरको विभिन्न भाग आगोले जलेर गम्भीर अवस्थामा पुगेकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राईको हिजो मृत्यु भएको हो । शवको पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ । पति दानबहादुरलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको उदयपुर प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!