संगालोखबर


विराटनगर ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ झण्डा चोक स्थित करम खोलामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । विराटनगरबाट हेटौँडार्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ६०६९ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । 

दुर्घटनामा इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय मनोज कार्की, विराटनगर-११ का ७१ वर्षीय युवराज कार्की, उनकी श्रीमती ६१ वर्षीया कविता कार्की र सोही स्थानकी ८ वर्षीया आरुषा कार्की सामान्य घाइते भएका छन् । 

Advertisement

यस्तै सोही स्थानका ४९ वर्षीय सुधिस कार्की गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!