संगालोखबर


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित सेल्फी डाँडामा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हिजो साउनेबाट गाइघाटतर्फ जाँदै गरेको स १ ह ८८७ नम्बरको अटो ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओरालो बाटोमा ब्रेक फेल हुँदा अटो दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा त्रियुगा नगरपालिका-१४ साउने की ३३ वर्षीया मन्जु मगर, उनको छोरा १० वर्षीय किस्मत मगर र सोही स्थानका नारद मगरकी छोरी १० वर्षीया शिक्षा मगर गम्भीर घाइते भएका हुन् । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

यसैगरी सोही स्थानका २४ वर्षीय राजुरत्न परियार, २९ वर्षीया हेमा थापा मगर, उनको छोरा ७ वर्षीया रियाज मगर र ३८ वर्षीय तारामान मगर सामान्य घाइते भएका छन् । उनीहरूको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अटो चालक त्रियुगा नगरपालिका-१४ साउने का ३० वर्षीय भोला मगर फरार रहेकाले खोजी कार्य भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!