संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । पाँचथरमा एक पुरुष मृत भेटिएका छन् । तुम्बेवा गाउँपालिका-२ स्थित सावा खोलामा अन्दाजी ६० वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार मृतक पुरुषको पहिचान खुल्न बाँकी छ । खोला किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको उनले जानकारी दिए ।

Advertisement

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र मृतकको पहिचानका लागि गृहकार्य भइरहेको उनले बताए । पोष्टमार्टम रिपोर्ट पछि मृत्युको कारण खुल्ने र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!