संगालोखबर


विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना मोटरसाइकल चालक ओखलढुङ्गाको सिद्धिचरण गाउँपालिका-११ का अन्दाजी २८ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको हो ।

हिजो दिउँसो इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको बा.प्र.०२-०१८ प ७१७४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल पछाडि सवार उनकी आमा ५३ वर्षीया कुमारी श्रेष्ठ घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको र हातखुट्टा चोट लागेको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!