संगालोखबर


विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेसनले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाहरूको निःशुल्क आँखा जाँच गरेको छ । ‘बालबालिकाको आँखालाई माया गरौं’ भन्ने नाराका साथ शिविर सञ्चालन भइरहेको फाउण्डेसनले जनाएको छ ।

उपचार हुन सक्ने रोगले समेत बालबालिकामा अन्धोपनको समस्या बढाइरहेकाले समस्या निराकरण गर्ने उद्देश्यले निःशुल्क शिविरको आयोजना गरिएको अस्पताल व्यवस्थापक नवीन राजवंशीले बताए ।

Advertisement

बच्चाको जन्म भएको एक महिना, स्कुल भर्ना गर्नु अघि र त्यसपछि प्रत्येक वर्ष अनिवार्य आँखा जाँच गर्नुपर्ने डाक्टर इशा श्रेष्ठले बताइन् । आँखामा विभिन्न समस्या देखिने बित्तिकै अस्पतालमा गएर तत्कालै जाँच गराउनुपर्ने उनले सुझाव दिइन् ।

अस्पतालले वार्षिक करिव ७ हजारको शल्यक्रिया गर्ने गरेको र ७० हजार हाराहारीको आँखा जाँच गर्ने गरेको व्यवस्थापक राजवंशीले बताए । जसमध्ये १२ प्रतिशत बालबालिकाको आँखा जाँच हुने गरेको छ ।

अस्पतालमा दैनिक दृष्टि दोष भएका करिव ४० जना बालबालिका आउने गरेको राजवंशीले बताए । अस्पतालले सुनसरीको इटहरी, देवानगञ्ज, बराहक्षेत्र, मोरङको सुनवर्षी र धनपालथान गाउँपालिकामा पनि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!