संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-६ आत्मारास्थित ढाट नजिक सुमो गाडी र मोटरसाइकल जुधेका छन् । खाँदबारीबाट धरान जाँदै गरेको को १ ज २९९८ नम्बरको सुमो गाडी र विपरित दिशाबाट आउँदै गरेको रा ६ प ८०२४ नम्बरको मोटरसाइकल आज बिहान ८ः४० बजे ठोक्किएका हुन ।

Advertisement

दुर्घटनामा परी मोटरसाइकल चालक पाल्पा माछाखाडी गाउँपालिका-४ घर भई कुमारी दल गुल्म हेटौडामा कार्यरत नेपाली सेनाका सिपाही २४ वर्षीय भीमबहादुर सिञ्जाली घाइते भएको प्रहरीले जनाएको छ । धनकुटा जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ ।

घटनापछि सुमो चालक सुनसरीको इटहरी-१ का ३४ वर्षीय कुलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!