संगालोखबर

खोटाङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । गृहजिल्ला खोटाङका विभिन्न स्थानमा पुगेर मन्त्री राईले बाढी पहिरोले क्षति पुर्याएका ठाउँहरूको निरीक्षण गरी समस्याका विषयमा प्रभावित नागरिकहरूसँग जानकारी लिएका हुन् ।

Advertisement

उदयपुर र खोटाङ जिल्ला जोड्ने पक्की पुल बगाएको क्षेत्रमा पनि मन्त्री राईले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मन्त्री राईसमक्ष स्थानीयवासीले पुल बगेपछि आवतजावतमा ठूलो समस्या भएको गुनासो गर्दै पुल पुननिर्माण गर्न माग गरेका छन् ।

सो अवसरमा मन्त्री राईले बाढी पहिरोले पुर्याएको क्षतिका विषयमा प्रदेश सरकार गम्भीर भएर लागेको भन्दै सकेसम्म चाँडो पुननिर्माण गरिने धारणा राखे । प्रदेश सरकारले पुल र सडकहरू क्षति भएका स्थानमा वैकल्पिक उपाय लगाएर भएपनि सबैतिर दशैँअघि नै आवतजावत हुनेगरि काम गरिरहेको मन्त्री राईले जानकारी दिए ।

गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण कोशी प्रदेशसहित देशभरका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ ।

बाढी पहिरोले धेरै ठाउँका पुल र सडक बगाउँदा आवतजावतमा समस्या भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!