संगालोखबर


सङ्खुवासभा । सङ्खुवासभा स्थित खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण गरिएको छ । साब्लाबुङ पुस्तकालय अभियानले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको हो ।

एक लाख ५० हजार मूल्य बराबरको नौ सय थान पुस्तक कारागारमा हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए । कैदीबन्दीमा पठन संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको उनले बताए ।

Advertisement

‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ’ भन्ने नारा लिएर काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । खाँदबारी कारागारमा अहिले एक सय ३५ जना कैदीबन्दी रहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!