सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा सय शैयाको अस्पताल निर्माणको कामले गति लिएको छ । अस्पतालको समयमा नै काम सक्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको हो ।

प्रदेश सरकारको सहयोगमा आधुनिक र सुविधा सम्पन्न अन्डर ग्राउन्ड पार्किङ र लिफ्टसहितको पाँच तले भवन निर्माण भइरहेको छ । अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

Advertisement

२०८० असार २४ गते ठेक्का सम्झौता भएको अस्पतालको २०८३ असार २४ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नमुना कन्स्ट्रक्सनले भ्याटबाहेक २५ करोड २० लाख लागतमा निर्माणको जिम्मा पाएको छ ।

कन्ट्रक्सनले समयमा नै काम सम्पन्न गर्ने उद्देश्यका साथ निर्माण कार्यलाई तिव्रता दिएको जनाएको छ । अहिलेसम्म अस्पतालको वित्तीय प्रगति १९.८०  र भौतिक प्रगति ३५ प्रतिशत भएको कन्ट्रक्सनका डाइरेक्टर रामकुमार गुरागाइँले जानकारी दिए ।

अस्पताल निर्माण भएपछि पाँच सय कर्मचारी आवश्यक पर्ने जिल्ला अस्पताल धनकुटाका निमित्त कार्यालय प्रमुख डाक्टर अमिताव ठाकुरले बताए । अस्पताल सञ्चालनमा आएपछि धनकुटासहित छिमेकी जिल्लाका बिरामीले विशेषज्ञ सेवा पाउने जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा अस्पताल विकास समितका अध्यक्ष निरन तामाङले बताए ।

अस्पतालको ए ब्लक भवन छ र बी ब्लक भवन पाँच तलाको हुने सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका सब-इन्जिनियर केशवकुमार यादवले बताए ।

भवन निर्माणको काम तीव्र गतिमा भइरहेको यादवले जानकारी दिए । धनकुटा नगरपालिका-७ बसपार्क छेउमा अस्पताल निर्माण भइरहेको छ । कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको करिब २५ रोपनी क्षेत्रफलको जग्गा अस्पतालको नाममा ल्याएर निर्माण सुरु गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!